काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।
सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ