काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुलआचार्यको प्रतिनिधित्वमा आफुसमक्ष भेट गर्न आएको संघका प्रतिनिधिमण्डललाई नवविनयुक्त राष्ट्रपति पौडेलले नागरिकताका विषयमा कुनै समस्या नरहेको भन्दै सरकाले यो मुद्दा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन।
भेटमा अध्यक्ष थापाले लामो समयदेखि संघलेउठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकारका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।
साथै उनीहरुले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धगर्न चाल्नुपर्ने कदमलगायतका विषयमा पनि राष्ट्रपति पौडेलसमक्ष अबगत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा पहुँच स्थापित गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछ : राष्ट्रपति पौडेल
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल
विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छः राष्ट्रपति पौडेल
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल