काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुलआचार्यको प्रतिनिधित्वमा आफुसमक्ष भेट गर्न आएको संघका प्रतिनिधिमण्डललाई नवविनयुक्त राष्ट्रपति पौडेलले नागरिकताका विषयमा कुनै समस्या नरहेको भन्दै सरकाले यो मुद्दा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन।
भेटमा अध्यक्ष थापाले लामो समयदेखि संघलेउठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकारका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।
साथै उनीहरुले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धगर्न चाल्नुपर्ने कदमलगायतका विषयमा पनि राष्ट्रपति पौडेलसमक्ष अबगत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण