काठमाडाैं। प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेका प्रहरीले जनाएको छ ।
जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शंका लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ