काठमाडौं । साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार एकल अंकको सामान्य वृद्धि भएको नेप्से बुधबार पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।
व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ । मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबरा भएको छ ।
बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विद्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।
यता किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार