काठमाडौं । साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार एकल अंकको सामान्य वृद्धि भएको नेप्से बुधबार पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।
व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ । मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबरा भएको छ ।
बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विद्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।
यता किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
नेप्से सूचकमा २ अंकको वृद्धि
सेयर बजारमा साढे २४ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार