चितवन । भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गरे । भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । केही महिना अघि मात्रै भरतपुर महानगर ६ वटा महानगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो ।
भरतपुरको विकासमा मेयर दाहालले सदैव अग्रसरता लिने गरेकी छन् । उनकै पहलमा भरतपुरमा ठूलठूला केन्द्रीय आयोजनाहरु भरतपुरमा पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र