चितवन । भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गरे । भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । केही महिना अघि मात्रै भरतपुर महानगर ६ वटा महानगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो ।
भरतपुरको विकासमा मेयर दाहालले सदैव अग्रसरता लिने गरेकी छन् । उनकै पहलमा भरतपुरमा ठूलठूला केन्द्रीय आयोजनाहरु भरतपुरमा पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना