कैलाली । धनगढी उपममहानगरपालिका-३ बोराडाडीस्थित बैतडी दोगडा केदार गाउँपालिका-५ घर भएका ३० वर्षीय विरेन्द्र चन्दको चन्द फास्टफुड होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चन्द समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार रुपैयाँ र एक गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ