काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालल (प्रचण्ड) ले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ ।
गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर दाहालले विश्वासको मत लिने तयारीमा जुटेका छन् ।
चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ । सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ ।
सत्तामा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि दुवै दल प्रतिपक्षमा बस्ने तर प्रतिपक्षमा बसेको कांग्रेस प्रधानमन्त्री दाहालले विश्वासको मत नलिएसम्म प्रतिपक्षमा बस्ने भएपछि संसद्का बैठक प्रभावित हुँदै आएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ फागुन २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरौ : प्रधानमन्त्री कार्की
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा छलफल
हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग