काठमाडौं । नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समुहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् ।अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी