काठमाडौं । नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समुहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् ।अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति