बारा । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ ।
साँझ करिब साढे ६ बजे बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना। ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका १ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते