काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सो बैठकपछि जसपा कार्यकारिणी समितिको बैठक बस्नेछ ।
जसपाले पार्टीका प्रतिनिधि सभा सदस्य एवं कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ । तर निर्वाचन आयोगको दुई थरी कुराले फरक लिङ्गलाई उम्मेदवार बनाउने कि फरक समुदायबाट उम्मेदवार बनाउने त्यस विषयमा दलहरूको बीचमा विवाद उत्पन्न भएको छ ।
सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले पनि आफ्नो पार्टीका केन्द्रीय सदस्य ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर चार दल (नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा