काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन् । विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकीर थियो ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे । अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको बताए । खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे ।
निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले भने, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं । फउड खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए ।
विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । सबै गरे । तर तिनीहरुले वास्ताविक सफलता हासिल गर्न सकेनन् । क्रियशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नु पर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन । इमान्दार प्रयासबाट हुन्छ । त्यसकारण मैले सुरुमै भने सफलताको पूँजी, सफलताको रहस्य इमान्दार प्रयास हो ।’
अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए । उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन