काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर मंगलवार मुद्दा दायर गरिएको हो ।
शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश खतिवडा र अर्का न्यायाधीश हरि फुयाँलको इजलासले दर्ता गर्न आदेश दिएको थियो । यसअघि बिहीवार विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको रिट इजलास नै नबस्दा सुनुवाइ हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति