काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर मंगलवार मुद्दा दायर गरिएको हो ।
शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश खतिवडा र अर्का न्यायाधीश हरि फुयाँलको इजलासले दर्ता गर्न आदेश दिएको थियो । यसअघि बिहीवार विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको रिट इजलास नै नबस्दा सुनुवाइ हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री