टोकियो । भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएको छ।
जापानको योकोसुका शहरको तर्फबाट मेयर कातासुकी कामाजी र भरतपुर महानगरको तर्फबाट मेयर रेनु दाहालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
रेनुको अग्रसरतामा भरतपुर महानगरको साखलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन यो पहल लिइएको बताइएको छ ।
दाहाल सोही सिलसिलामा अहिले जापानमा छिन् । यसैबीच मेयर दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् ।
टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, २२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास