टोकियो । भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएको छ।
जापानको योकोसुका शहरको तर्फबाट मेयर कातासुकी कामाजी र भरतपुर महानगरको तर्फबाट मेयर रेनु दाहालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
रेनुको अग्रसरतामा भरतपुर महानगरको साखलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन यो पहल लिइएको बताइएको छ ।
दाहाल सोही सिलसिलामा अहिले जापानमा छिन् । यसैबीच मेयर दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् ।
टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, २२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम