काठमाडाैं । रुसले युक्रेनको राजधानी किएभका साथै खार्किभ र ओडेसामा समेत क्षेप्यास्त्र आक्रमण गरेपछि ती ठाउँहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । किएभका मेयर भिताली क्लित्स्कोले शहरको दक्षिणी भागमा विस्फोट भएको अनि लगभग १५ प्रतिशत घरहरूमा बिजुली नरहेको बताए ।
युक्रेनको ऊर्जा सञ्चालक डीटीएकेको किएभ डिभिजनले शत्रुको आक्रमणका कारण आकस्मिक विद्युत् सेवा प्रवाह गरिएको जनाएको छ । खार्किभमा रुस सीमानजिक १५ वटा आक्रमण गरिएको त्यहाँका गभर्नर ओलेग सिनेगुबोभले बताएका छन् ।
खार्किभको प्रमुख शहरका मेयर इगोर तेरेखोभले ऊर्जा पूर्वाधारलाई तारो बनाइएको अनि शहरका केही भागमा विद्युत् आपूर्तिमा समस्या आइरहेको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोले पनि ऊर्जा संरचनामा विशाल संख्यामा क्षेप्यास्त्र प्रहार गरिएको र आवासीय भवनहरूमा क्षति पुर्याइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने