काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताए ।राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रतिकि्रया दिंदै उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा । मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव