काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरुको निर्णायक सहभागिता रहेको बताएका छन् ।
१ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनहरुमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहि आएको बताउँदै महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।
विज्ञप्तिमा उनले भनेका छन् ‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ अध्यक्ष नेपालले पछिला दिन विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’