काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्याउने बताए ।
अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको चन्दले जिकिर गरे । ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ’ चन्दले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’ माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोश पोखे ।
‘अहिले यो देश माओवादीले विगार्यो । अझ भाषणै पिच्छे सुनिन्छ । माओवादी लुटेराहरू हुने भन्ने बजारमा सुनिन्छ । प्रचण्ड जी के गर्नुहुन्छ उहाँको कुरा भयो । मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत छ । यो साँचो कुरा हो’ चन्दले भने, ‘नेपालमा को हो हत्यारो ? अढाई सय वर्ष नेपाली जनतालाई टाउकोदेखि खुट्टासम्म लुटेर चुसेर अर्बौ सम्पत्ति थुपार्ने सामन्त फटाहहरु अपराधी हुन कि आफ्नो अधिकारको लागि मर्न तयार हुने विद्रोह गर्ने जनता अपराधी हो ? को हो अपराधी ?’ बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिने भन्दै चन्दले आक्रोश पोखे । ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए’ चन्दले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव