काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरे ।
उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए । उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । उनले यसको विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।
उनले यस्ता मुद्दाहरुमा सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए ।पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको बताए । उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरु महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव