कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

रासस

विहीबार, २८ असार २०७५, १५ : ४४
कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था


जाजरकोट । यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् ।  जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ ।

वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत अहेव लोकेन्द्र बस्नेत वैशाख ५ देखि कार्यालयमा हाजिर नभएको पाइएको हो ।

 बिरामी जाँच्नेदेखि औषधि वितरण सम्मको कामसम्म कार्यालय सहयोगी नरबहादुरले गर्दै आएको बताए ।  अहिले यो स्वास्थ्य संस्थामा मौज्दात रहेको औषधिसमेत म्याद गुर्जिएको अवस्थामा रहेको पाइएको छ ।

दैनिक ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि उपचारको अभावमा फर्कने गरेको कार्यालय सहयोगी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस