काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ ।
“होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौं । अपरिचिते समूहमा होली नखेलौं,” प्रहरी परिसर काठमाडौंले भनेको छ, “कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रगंको प्रयोग नगरौं ।”
महंगा गरगहना लगाएर होली नखेल्ने पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दर्व्यवहार नगर्न अनुरोध गरेको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले नियम विपरित कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय तथा जरिवाना हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ