प्रहरीले भन्यो : 'सुरक्षित तवरले होली पर्व मनाउनू'

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, ०८ : ५९
प्रहरीले भन्यो : 'सुरक्षित तवरले होली पर्व मनाउनू'

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । 

“होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौं । अपरिचिते समूहमा होली नखेलौं,” प्रहरी परिसर काठमाडौंले भनेको छ, “कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रगंको प्रयोग नगरौं ।”

महंगा गरगहना लगाएर होली नखेल्ने पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दर्व्यवहार नगर्न अनुरोध गरेको छ । 

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले नियम विपरित कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय तथा जरिवाना हुने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस