वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ

सफल खबर संवाददाता

मंगलबार, १२ फागुन २०८२, ०९ : ०१
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। 

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।

चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्त्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ। 

प्रतिक्रिया दिनुहोस