काठमाडौं । नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ ।
सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ ।
नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’
यसवर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)