पाल्पामा बस दुर्घटना हुँदा १६ जना घाइते

रासस

विहीबार, २८ असार २०७५, ०९ : ०१
पाल्पामा बस  दुर्घटना हुँदा १६ जना घाइते

पाल्पा । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस