काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएका छन । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए । ‘उहाँले सिनेमा टुरिजममा फिल्म फेस्टिभलको महत्वबारे चर्चा गर्नुभयो । त्यसका लागि सरकार सघाउन तयार रहेको समेत बताउनुभयो,’ पाठकले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १६ : ३२
लेखकबाट थप