काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ ।
मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने निर्णय लिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन भनेका छन्
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो । यसैबीच दुवै पक्षबीच वार्ता पनि अघि बढेको छ । वार्ता समिति बने पनि समय र स्थानबारे अझै अन्योल छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक