काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन नेताहरु जिम्मेवारीसहित छलफलमा बस्नुपूर्व महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासँग सस्थापन पक्षका तर्फबाट पूर्णवहादुर खड्का बालकृष्ण खाण र रमेश लेखकसँग सम्वाद गरेका छन् ।
दोस्रो चरणमा उनीहरुसँग विशेष महाधिवेशन पक्षधरले बनाएको वार्तासमितिसँग वार्ता हुने बताईएको छ । गगन र विश्वले देउवाका प्रतिनिधिमार्फत चार बुँदे प्रस्ताव अगाडी सारेका छन् ।
यी हुन् चार बुँदे प्रस्ताव
- विशेष महाधिवेशनको नीति र निर्णयलाई पार्टीले स्वामित्व लिनुपर्ने
- देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने
- निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने
- देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने
मान्लान् देउवाले ?
मध्यमार्गी प्रस्ताव देउवाले मान्लान् भन्ने प्रश्न छ । विशेष महाधिवेशन पक्षधरले देउवालाई बाध्य बनाउन चौथो बुँदा छोडेर अन्य बुँदामा सहमति जनाउन कोसिस गर्नेछन् ।चौथो बुँदा बार्गेनिङका लागि मात्र राखिएको, अन्य तीन बुँदामा सहमति जनाए चौथो बुँदामा विशेष महाधिवेशन पक्षधर नेताहरु लचक हुने बताइएको छ ।
‘मुख्यत निर्वाचन एक्लै लड्ने र कार्यवाहक सभापतिको हस्ताक्षरमा टिकट वितरण गर्ने एजेण्डामा सहमत भए विवाद मिल्छ,’ विशेष महाधिवेशन पक्षधर एक नेताले भने । देउवाले कार्यवाहक दिईसकेपछि आफु पार्टी बैठकमै नगएकोले यसलाई इस्यु बनाईरहनु नपर्ने बताएका छन् । विदेशीले नै पार्टी विभाजन गर्ने खोजेको र त्यसमा महामन्त्रीहरु अडिग रहेको भए विवाद नमिल्ने, तर त्यसो होइन भने विवाद मिल्ने देउवाको भनाई रहेको देखिन्छ ।
देउवा पक्षधर नेताहरुले डडेलधुरामा देउवाबाहेक अन्य नेताले चुनाव नै जित्न नसक्ने अवस्थामा त्यस्तो बुदा प्रस्तावमा राख्नु उचित नभएको तर्क गरेका छन् । आज विहान बस्ने दुवै पक्षका वार्ता समिति बीचको छलफलमा निस्कने धारणालाई दुवै पक्षले छलफल गरेर पार्टीभित्र ‘युद्दविराम’ गर्ने तयारी भईरहेको कांग्रेस नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु