काठमाडौं । नेपाली कांग्रेसभित्रको विभाजन रोक्न दुवै पक्षले वार्ता समिति बनाएका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरु नेतृत्व चयनसम्म्मको कार्यविधि बनाएर बन्दशत्रमा प्रस्तुत हुँदा र सभापति शेरवहादुर देउवाले विशेष महाधिवेशनको स्वामित्व लिन नचाहँदा कांग्रेस विभाजनको डिलमा छ ।
तर पनि दुवै पक्षले अन्तिम समयमा सोमबार बेलुकी आ आफनो कार्यसूचीमा केही हेरफेर गदै संयम अपनाउन खोजेका छन् । एकचरण दुवै पक्षका नेताहरु बसेर वीचको मिलन विन्दु केही निकाल्न सकिन्छ की भनेर होमवर्क गर्ने तयारी छ । त्यसका लागि आज दुवै पक्षले निर्णयक छलफल गर्न लागेका छन् ।
विशेष महाधिवेशन पक्षधरहरुले चार सदस्यीय टोली गठन गरेका छन् । वार्ता टोलीमा नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे छन् । सस्थापन पक्षका नेताहरुले पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग सम्वाद गर्नका लागि कार्यवाहक सभापति पूर्णवहादुर खड्का तथा नेताद्वय रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी तोकेको छ ।
सभापति देउवासँग नेताहरु शेखर कोइराला र उनीनिकटका पदाधिकारी तथा अन्य नेताहरुले सोमबार दिनभर गरेको संवादपछि वार्ताबाटै समस्या समाधान खोज्न गृहकार्य गर्न सुझाव दिएपछि देउवा संवादका लागि नेताहरुलाई जिम्मेवारी नै तोक्न तयार भएका हुन् ।सस्थापन पक्षले वार्ता समिति बनाएपछि विशेष महाधिवेशन पक्षधर नेता महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले पनि वार्ता समिति बनाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरलाई र देउवालाई मनाउने बीचको वाटो के खोजी गर्ने भन्नेमा आज छलफल हुने बताइएको छ । देउवाले विशेष महाधिवेशनको स्वामित्व लिने, आगामी चुनाव वितरणमा कार्यवाहक सभापति पूर्णवहादुर खड्काको हस्ताक्षरमा टिकट वितरण गर्ने र चुनाव कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी बीचको मध्यमार्गी धारमा दुवै पक्षलाई मनाउने प्रयास जारी छ ।
तर देउवा आफुसँग भएको अधिकार गुमाउन अझै चाहिरहेका छैनन । उनले गगन विश्वको निर्णयमा कुनै अदृश्य शक्तिले खेल्न खोजीरहेको हो की भन्ने आशंकामा छन् । विशेष महाधिवेशन पक्षधर नेताहरुमा पनि गगन गरम र विश्वप्रकाश नरम देखिन थालेका छन् ।
यसले आज हुने दुवै पक्षको निर्णायक वार्ताबाट मात्रै केही निकास निस्कने देखिन्छ । विशेष महाधिवेशन पक्षधरले आज बन्दशत्र सुरु हुने वताएका छन् । सस्थापन पक्षले पनि बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बहुमततिर अघि बढेको काँग्रेसको निष्कर्ष
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा
मौन अवधिअघि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने
कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको यस्तो छ चुनावी कार्यक्रम
पोखरामा आज कांग्रेसको आमसभा