काठमाडौ । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ।
विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्। समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।
सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग सम्वाद गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई जिम्मा दिएका छन्।
‘अब सभापति देउवा पक्षले जतिबेला वार्तामा बोलाए पनि हामी तयार छौँ। तर अहिलेसम्म उहाँहरूले हामीलाई केही खबर गर्नुभएको छैन। उहाँहरू हठ त्यागेर आउने हो भने कुरा गर्न तयार छौँ’ वार्ता समितिका सदस्य देवराज चालिसेले नेपालखबरसँग भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक