यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १६ : २९
यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

एजेन्सी । युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।

अल–कायदा इन द अरेबियन पेनिन्सुला ९एक्युएपी० का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ ।  सो हवाई आक्रमणमा   परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन् । 

अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन् । 

एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन् । अब्देल अजिज अल–अदनानी भनेर चिनिने साउदीकी तमिमीले एक्युएपीको नेतृत्व परिषद्को नेतृत्व गरेका र आतङ्कवादी समूहको “न्यायाधीश“ को रूपमा काम गरेका स्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस