काठमाडौँ । काठमाडौँमा होलीको चीर उड्याइएको छ। हनुमानढोकास्थित वसन्तपुरमा सोमबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको चीर ठड्याइएको हो।आज चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व (फागु पूर्णिमा) सुरु भएको छ।
बिहान पौने आठ बजेको साइतमा चीर उठाइएको हो। चीर ठड्याइसकेपछि हर्ष बढाइ गरिएको थियो। होली पर्वलाई वसन्त ऋृतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।
धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म एकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ।
यही विश्वासअनुरूप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ