जनकपुरधाम । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाएको भए राष्ट्रिय सहमतिको सरकार बनेर देशले निकास पाउने थियो भन्ने कुरा राखे ।
सञ्चालन नहुँदै ढलेको कमला पुल सहितको स्थलगत निरीक्षण गर्न आफू आएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कमला पुलसहितका अलपत्र आयोजनाहरूको निरीक्षण गरी पुनः निर्माणका लागि प्राविधिक कामहरू गर्नकै लागि धनुषा आएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीसहितको जिल्लामा हुने कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ