जनकपुरधाम । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाएको भए राष्ट्रिय सहमतिको सरकार बनेर देशले निकास पाउने थियो भन्ने कुरा राखे ।
सञ्चालन नहुँदै ढलेको कमला पुल सहितको स्थलगत निरीक्षण गर्न आफू आएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कमला पुलसहितका अलपत्र आयोजनाहरूको निरीक्षण गरी पुनः निर्माणका लागि प्राविधिक कामहरू गर्नकै लागि धनुषा आएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीसहितको जिल्लामा हुने कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध