काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् ।
‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं’ उनले भने ।
अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए । ‘आफ्नो ओहोदाको, मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढ्ने कुरामा हामी कटिवद्ध होऊ भन्न चाहन्छु’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव