तेह्रथुमको हातिखर्कमा भीषण आगलागी, ७ घर जलेर नष्ट

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १९ : ४२
तेह्रथुमको हातिखर्कमा भीषण आगलागी, ७ घर जलेर नष्ट

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भएको छ । नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेर भीषण आगलागी भएको हो ।

हालसम्म ७ वटा घर जलेर नष्ट भएको बताइएको छ भने आगलागी नियन्त्रणमा ल्याउन सकिएको छैन । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस