एजेन्सी । चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ। भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का