काठमाडाैँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत सार्वजनिक भएकाे मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिने बिहीबार अन्तिम दिन हाे। निर्वाचन आयोगले बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो।
पर्न आएका उजुरी माथि छानविन र कारवाही भाेलि ३ बजेसम्म हुनेछ भने ४ बजे अन्तिम नामावाली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय आज मध्याह्न १२ बजेसम्म मात्र छ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन्।
यस्तै, नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८१ सदस्यको मतदाता नामावली प्रकाशन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुने व्यवस्था छ।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ। १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ।
आयोगका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईवटा मतदान केन्द्र हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग