नयाँ दिल्ली । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् । यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।
मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।
रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० फागुन २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली