दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् । मंगलबार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए ।
‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन । यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ । कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ’, नेपालको भनाइ छ ।
उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल