वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा प्रदेश नं १-०२६-०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।
उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कारपियोसहित चितवन माडी नगरपालिका( ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु