वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा प्रदेश नं १-०२६-०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।
उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कारपियोसहित चितवन माडी नगरपालिका( ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु