चितवन । मनकामना दर्शन प्रालीले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको छ । अग्नी इनकर्पोरेटेड प्रा.लि.को प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उक्त ट्याक्टर र ट्रेलर हस्तान्तरण गरेका हुन ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापन समितका अध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा सशक्त प्रभाव पार्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १४ : ३५
लेखकबाट थप