काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
लु १८ प ५४५६ र प्रदेश १–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल गए राति करिब ११ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
तीनै घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा ५४५६ नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय २६ वर्षीय प्रकाश महतको मृत्यु भएको जनाइएको छ ।
अरू दुईजनाको अवस्था मध्यम छ । दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु