काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
लु १८ प ५४५६ र प्रदेश १–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल गए राति करिब ११ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
तीनै घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा ५४५६ नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय २६ वर्षीय प्रकाश महतको मृत्यु भएको जनाइएको छ ।
अरू दुईजनाको अवस्था मध्यम छ । दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु