एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ।
समाचार एजेन्सी राेयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार ६७२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ।
अझै पनि दुवै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।
उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई निरन्तरता दिइरहेका छन्।
मृत्यु हुनसक्नेकाे संख्या अझै बढ्नसक्ने अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ फागुन २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का
गोरखा केन्द्रबिन्दु भएर भूकम्प
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर भूकम्प
टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते
म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प