एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ।
समाचार एजेन्सी राेयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार ६७२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ।
अझै पनि दुवै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।
उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई निरन्तरता दिइरहेका छन्।
मृत्यु हुनसक्नेकाे संख्या अझै बढ्नसक्ने अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ फागुन २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प अपडेट : मृतकको संख्या चार हजार पुग्यो
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका