हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते