काठमाडौँ। गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।
गाईको मासु भाग लगाइरहेको अवस्थामा गएराति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिकास्थान नजिक काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार राष्ट्रिय जनावर गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद भएको छ ।
घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गौ हत्यारालाई नियन्त्रणमा लिएको थियो । रातको ९ बजे व्यक्तिको घरमा गाई काटेर राति १२ बजे भाग लगाउन सुरू भएका बेला बरामद भएको र घटनामा संलग्न अन्य व्यक्तिसमेत हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ