सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।
मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।
यता, नगर उपप्रमुख पुनम कर्णले शिक्षकहरुको समस्या समाधान चाँडै गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।
कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् ।करिब १५-२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ फागुन २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा
फतुवा विजयपुरमा शिक्षकको आन्दोलन स्थगित
जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पसिन्
तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक–कर्मचारी पुनः धर्नामा
निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान