काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन । उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम र यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए । उनले रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यक्ता भइसकेको बताए ।
सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन र ड्राफ्ट गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए ।
उनले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सोही अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए ।
नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग सांसद भट्टराईले राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १३ : १६
लेखकबाट थप