काठमाडौँ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत सङ्घीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा सङ्घीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै भट्टराईले विधेयमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘यो विधेयकले अहिले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने यसको उद्देश्य देखिन्छ । त्यसका लागि विधेयकले राम्रो काम गरेको जस्तो देखिन्छ । विधेयकले साना कर्मचारीहरू र निजामतीभन्दा बाहिर पारिएका कर्मचारीलाई कसरी समेट्ने भन्ने पनि छन् । यसमा हामीले नपुग भएका कुराहरूमा संशोधन पनि हालेका छौँ । अहिलेसम्मका विधेयकहरू सही ढङ्गले पास भएका छन् ।’
उनले कुलिङ अफ पिरियडबारे थप आवश्यक छलफल गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘यो विधेयक पनि सोही ढङ्गले अगाडि बढ्छ भन्ने विश्वास छ । स्वास्थ्य सेवाका कर्मचारीहरूले पनि यही विधेयकमा बस्नुपर्छ भन्ने माग राखेका छन् । उनीहरूसँग पनि छलफल गर्नुपर्छ । यो विधेयकलाई समृद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध हुनुपर्छ । । अब कुलिङ अफ पिरियडबारे पनि थप छलफल आवश्यक छ । त्यसका लागि पनि दफावार छलफलमा थप कुरा राख्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १३ : १२
लेखकबाट थप