उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, १९ : ४७
उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस