भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, १४ : ३८
भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

काठमाडौं। भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए । 

उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदैछन । 

प्रतिक्रिया दिनुहोस