प्रदेशस्तरीय रेफ्री तालीम शुरु

रासस

सोमबार, २५ असार २०७५, १५ : २१
प्रदेशस्तरीय रेफ्री तालीम शुरु

भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गरेको छ ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त तालीम शुभारम्भका क्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले तालीमबाट राम्रो शिक्षा लिएर कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै भलिबलको परिधिलाई मनन गरी दक्षता हासिल गर्नु अर्थपूर्ण हुन्छ भन्नुभयो ।

प्रदेश नं ७ का नौ वटै जिल्ला र प्रदेश नं ६ को कालिकोट र सुर्खेतबाट समेत गरी ४० जना प्रशिक्षार्थी सहभागी रहेको तालीममा भलिबलका विविध विषयमा जानकारी गराइने प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय पुरुष भलिबल टोलीलाई खेल पोसाक प्रदान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस