एजेन्सी । क्यानडेली सहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन्। विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन्।
शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए।
आफ्ना गल्ती मनन गर्न तथा परिवारको विश्वास पुनःआर्जन पनि आफूले पदबाट राजीनामा गरेको उनले बताए। टोरन्टो स्टारले उनको नाजायज सम्बन्धसम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टापछि उनले पदत्याग गरेका हुन्।
विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटिका रूपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको पत्रकारहरूलाई बताए।
पारस्परिक सहमतिमा विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यससम्बन्धमा शहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए। तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोलीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ माघ २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको राजीनामाको माग
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङले दिए राजीनामा
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव